IME Life

नेपालमा जीवन बीमा प्रति पुरुष भन्दा महिला बढी सचेत

SPIL
Sanima Reliance

काठमाडौं, चैत्र ०९ , बीमा कम्पनीहरुमा पुरुषको नेतृत्व हावी भए पनि बीमा गर्ने बिषयमा महिला बढी सचेत रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले बीमा प्रति महिला बढी सचेत भएको देखाएको हो । केन्द्रीय बैंकले ‘विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति’सम्बन्धी गरेको अध्ययन अनुसार महिला घरमूली भएको परिवारमा ३२.७ प्रतिशतले बीमा गरका छन् । तर, पुरुष घरमूली भएको परिवारमा २६.१ प्रतिशतले मात्रै बीमा गरेको उक्त अध्ययनले देखाउछ ।

महिलाहरूले कुनै पनि जोखिम आफैं बहन गर्न नचाहने हुनाले यस्तो देखिएको राष्ट्र बैंकले जनाएको छ । साथै महिलाहरुमा घरायसी सम्बन्धी बढी जिम्मेवारी हुने र उक्त बिषयमा भविष्यमा कुनै घटना भए पनि कुनै समस्या नआसोस भनेर महिला बढी सचेत भएको बंैकको भनाई छ । अध्ययनले कुल बिमित घरपरिवारमध्ये ९४ प्रतिशतले जीवन बीमा र ६ प्रतिशतले निर्जीवन बीमा गराएको देखाएको छ ।

Crest
Meta Holidays

बीमाले मानिसको जीवनमा अचानक आइपर्ने आर्थिक जोखीमको भार कम गर्न सहयोग गर्छ । आर्थिक समस्या कुनै पनि समयमा पर्न सक्छ, जसका लागि मानिस मानसिक तथा आर्थिक रूपमा तयार नभएको हुन सक्छ । त्यसैले, त्यस्तो अवस्थामा सुरक्षित रहन जीवन बीमा गर्नु आवश्यक छ । त्यससमा पनि महिलाका लागि जीवन बीमा झनै आवश्यक रहेको बीमकहरू बताउँछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x