IME Life

जनता बैंकको नयाँ योजना ‘जनता सुरक्षा बचत खाता’ बचतकर्ताको १० लाखको दुर्घटना बीमा प्रदान गर्ने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाण्डौँ, चैत्र ०७ । जनता बैंक नेपाल लिमिटेडले बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ ।बैंकले यो योजना यहि चैत ७ गते देखि लागु हुने गरि  ल्याएको हो। विभिन्न विशेषताहरु रहेको यस योजनामा न्यूनतम निक्षेप १० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने र बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा प्रदान गर्ने बैंकले जनाएको छ । यस्तै बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा १ लाख सम्म र भर्ना नभई उपचार गर्दा ५ हजार रुपैयाँसम्मको उपचार खर्चको बीमा गरिएको छ ।

Crest

यस योजना अन्र्तगत बैंकले बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, अन्य खातामा जस्तै एटीएम, एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआश्वा सुविधामा पनि रहेको बैंकले जनाएको छ ।

यस नयाँ निक्षेप खाता सबै उमेर समूहका ग्राहकहरुले खोल्न सक्नेछन् । यसको लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेवामा हुने आकासिदो खर्चबाट राहत पाउने बैंकको विश्वास छ ।

बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS