IME Life

एसियन लाईफ इन्स्योरेन्सले १२ % बोनस सेयर दिने हकप्रदले पाउछ कि पाउदैन?

SPIL
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत अर्थात ९ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनका लागि ५ लाख ८७ हजार रुपैयाँ छुट्टाईएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ८० करोड ५५ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ९० करोड नाघ्नेछ ।

Crest
Meta Holidays

एशियन लाइफले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार ९६६ कित्ता सेयर बिक्री खुला गरेको छ । हकप्रदलाई समेत बोनस समायोजन गर्दा अहिले प्रस्ताव गरेको बोनस ८ प्रतिशत कायम हुनेछ ।

बेनस र हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३० करोड ५० लाख रुपैंया पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x