IME Life

युनियन लाइफ इन्स्योरेन्स र कुमारी बैंक बीच बैंकान्सुरेन्स सम्झौता

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं – आक्रामक बजारीकरणमा लागेको युनियन लाइफ इन्स्योरेन्स, बिमा ब्यबसायका नया-नया सम्भावनाको खोजिमा पनि उत्तिकै सक्रिय रहेको पाइएको छ, इन्स्योरेन्स क्षेत्रमा विश्व बजारमा पछिल्लो पटक प्रचलनमा रहेको बैंकान्सुरेन्स सम्झौतामा पनि युनियन लाइफ इन्स्योरेन्सले आफ्नो सक्रिय उपस्थिति देखाउन थालेको छ ।

Crest
Meta Holidays

पछिल्लो पटक युनियन लाइफ इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकान्सुरेन्स सम्झौता भएको सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकको बाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र इन्स्योरेन्सका तर्फ़ बाट युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन्। यस भन्दा अगाडी पनि युनियन लाइफ इन्स्योरेन्सले जनता बैंक र मुक्तिनाथ बिकाश बैंकसग बैंकान्सुरेन्स सम्झौता गरि सकेको जनाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले नेपाली बिमा क्षेत्रमा योजनाबद्ध र बृहत सोच सहित नयाँनयाँ जीवन बिमा योजनाहरु ल्याउने गरेको छ । यही लक्ष्य प्राप्तिको लागि इन्स्योरेन्सले कुमारी बैंकबाट आफ्ना जीवन बिमालेखहरु बिक्री गर्नुका साथै कुमारी बैंकको शाखा सञ्जाल प्रयोग गरि देशभर बिमाको पहुँच विस्तार गर्ने जनाएको छ । इन्स्योरेन्सले हाल ६ प्रकारका जीवन बिमा योजना बिक्री गरिरहेको छ, भने छिटो छरितो र सरल सेवा सुबिधानै यूनियन लाईफ इन्स्योरेन्सको फरक पहिचान र ग्राहकले बिश्वाश गर्ने आधार रहेको जानकारी कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x