IME Life

नेपाल लाइफ इन्स्योरेन्सको बम्पर लाभांश प्रस्ताब, ४२% बोनससहित २८.५३% नगद

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन १४, नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा सबल देखिदै आएको नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकतालार्ई अर्थिक बर्ष २०७३/७४ को लाभांस वितरणको प्रस्ताब गरेको छ, कम्पनीले गत बर्षको मुनाफा तथा जगेडा कोषबाट समेत गरि ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांस घोषणा रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Crest

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ । बीमा समितिले तोकेको भन्दा बढी चुक्तापूँजी पु्र्याएको कम्पनीको जगेडाकोष, वीमाकोष तथा महाविपत्तीकोष समेत मजबुत बन्दै गएको छ । हाल तीन अर्ब ९ करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड रुपैयाँ छ । कम्पनीले जीवन विमा कोषमा ४५ अर्ब ६३ करोड तथा महाविपत्तीकोषमा ३२ करोड ५३ लाख जम्मा गरेको छ ।

कम्पनीले हालसम्म ५९ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा मात्रै ७ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ८० हजार पुगेको छ । उसले यसअवधिमा २ अर्ब ३५ करोड दावी भुक्तानी गरेको छ ।

नेपाल लाईफको प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS