IME Life

नेपालमा रि-इन्स्योरेन्स ब्यबसायको अवस्था कस्तो छ ?

SPIL
Sanima Reliance

काठमाडौँ । इन्स्योरेन्स कम्पनीहरूको जोखिमलाई अर्को कम्पनीमा हस्तान्तरण गर्ने प्रक्रिया नै पुनर्बिमा/रि-इन्स्योरेन्स हो । इन्स्योरेन्स कम्पनीले आफूले लिएको जोखिम सबै आफैँले बहन गर्न सक्दैन वा आफैले बहन गर्दा धरै जोखिम हुने हुदा इन्स्योरेन्स कम्पनीहरू आफ्नो जोखिमलाई कम गर्न अर्को कम्पनीमा जोखिम हस्तान्तरण गर्ने गर्दछन् । महाविपत्तिजस्ता समस्या परेको समयमा कम्पनी एक्लैले सबै भुक्तानी गर्न नसक्ने अवस्था आउन सक्छ । त्यसैले इन्स्योरेन्स कम्पनीहरूले पनि आफ्नो दायित्व/जोखिम वितरण गरेको हुन्छ । यसरी दायित्व हस्तान्तरण गर्ने प्रक्रिया पुनर्बिमा/रि-इन्स्योरेन्स हो ।

नेपालमा नेपाल रि- इन्स्योरेन्स कम्पनीले पुनर्बिमाको काम गर्दै आएको छ, तथापी नेपाल रि-इन्स्योरेन्स कम्पनीले हाल को कुल पुनर्बिमा ब्यबसायको करिब ५% मात्र पुनर्बिमा ब्यबसाय गरेको छ अधिकांश नेपाली बिमा कम्पनीहरूले विदेशका विभिन्न पुनर्बिमा कम्पनी या ब्रोकरमार्फत पुनर्बिमा/इन्स्योरेन्स गर्दै आएका छन् । यसरी पुनर्बिमाबापत नेपालबाट बर्सेनि करिब २ अर्र्ब रुपैयाँ बाहिरिने भएपछि नेपालमै पुनर्बिमा कम्पनीको स्थापना गरिएको हो । पुनर्बिमाबापत बाहिरिने रकम नेपालमै रोक्न ०७१ कात्तिकमा नेपाल सरकार, निर्जीवन र जीवन बिमा कम्पनीको संयुक्त लगानीमा नेपाल रि- इन्स्योरेन्स कम्पनीको स्थापना गरिएको हो ।

Crest
Meta Holidays

स्थापना गर्दा स्वदेशी बिमा कम्पनीहरूले आफ्नो पुनर्बिमाबापतको हिस्सामध्ये ५ प्रतिशत स्वदेशकै पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्नुपर्ने व्यवस्था थियो । पुनर्बिमा व्यवसायसम्बन्धी निर्देशिका, २०७१ मा पुनर्बिमकले नेपालभित्र जारी हुने बिमालेखअन्तर्गत उत्पन्न हुने दायित्वको अधिकतम ३० प्रतिशतसम्म प्रत्यक्ष हिस्सा लिई व्यवसाय गर्न सक्ने व्यवस्था छ । यद्यपि, केही कम्पनीहरूले १५ प्रतिशतसम्म पुनर्बिमा गरेका छन् ।

सरकारी लगानीमा रहेको कम्पनीमा निश्चित प्रतिशत अनिवार्य पुनर्बिमा गर्ने अभ्यास अन्य मुलकहरूमा पनि छ । नेपालमा पुनर्बिमा ब्यबसायको विस्तारको लागि बिमा समिति ले रि-इन्स्योरेन्स ब्रोकर को अनुमति दिने तयारी गर्दै छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x