IME Life

रिलावल नेपाल लाइफ र आइ.सि.एफ.सि.फाइनान्सबीच बैंकान्सुरेन्स सम्झौता

SPIL
NIC ASIA
काठमाडौं, १० फागुन । हिजो ९ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र आइ.सि.एफ.सि.फाइनान्स लिमिटेड बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भयो ।  उक्त सम्झौता पत्रमा फाइनान्सको तर्फ़बाट प्रमुख कार्यकारी अधिकृत राम बाबु पन्त तथा इन्स्योरेन्सको तर्फ़बाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।

यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले फाइनान्स मार्फत आफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै फाइनान्सको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

Prabhu
Crest

कम्पनीले पुस मसान्त सम्ममा २० हजार ६ सय ८ बीमा लेख बिक्री गरी ९ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ। रिलायबल नेपालले जीवन बीमा व्यावसाय सुरु गरेपछि ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ।  कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ८० लाख रुपैयाँ जम्मा भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS