IME Life

युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ग्लोबल आईएमई बैंकको साथ

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, फागुन १० – ग्लोबल आईएमई बैंकले राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई प्रायोजन गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकले ऐरीसँग वार्षिक ४ लाख बराबरको प्रायोजन सम्झौता गरेको हो ।सम्झौताअनुसार ऐरीले ग्लोबल आईएमई बैंक बाट मासिक २० हजार रुपैयाँ १ वर्षसम्म पाउनेछन् । बाँकी रकम बराबरको भने किट उपलब्ध गराउने कार्यक्रममा जानकारी दिइयो ।

Crest

सम्झौतापछि ग्लोबल आईएमई बैंकका सीईओ जनक शर्मा पौडेलले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका क्रिकेटका खेलाडीलाई ब्राण्ड एम्बेसडर बनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘क्रिकेटरहरुले आफ्नै बलबुताले यती राम्रो प्रदर्शन गरिरहेका छन्, सरकारी र निजी क्षेत्र मिलेर उनीहरुको स्तर वृद्धिमा लाग्नुपर्छ ।’

सीईओ पौडेलले दुई खेलाडीलाई सहयोग गर्ने नीति रहेको र छिट्टै अर्का खेलाडीलाई पनि छनोट गरी प्रायोजन गरिने बताउनुभयो । उहाँले आशन्न विश्वकप छनोटमा सहभागी हुन जाने नेपाली टोलीलाई जितको शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा क्रिकेट टोलीका कप्तान पारस खड्काले व्यवसायिक क्षेत्रबाट भएका यस्ता कार्यक्रमले खेलाडीलाई प्रेरणा मिल्ने भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पूर्व राष्ट्रिय क्रिकेटर तथा क्रिकेट खेलाडी संघका अध्यक्ष पवन अग्रवालले खेलाडीलाई यसरी गरिने आर्थिक सहयोगले करिअरको उच्च लयमै रहेको अवस्थामा खेल्न छाड्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने धारणा राख्नुभयो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS