IME Life

ज्योति लाईफ इन्स्योरेन्सले प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रकृया अघि बढायो

SPIL
Sanima Reliance

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर (आईपीओ) निष्काशनको प्रकृया अघि बढाएको छ । एक महिना पहिले साधारण सभाबाट पारित गरेकोसाधारण सेयर निष्काशनको प्रक्रिया अगाडी बढाउन कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीका अनुसार कम्पनीले आफ्नो जारी पुजीको ३० % बराबर को ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्काशनका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

इन्स्योरेन्सका अनुसार साधारण सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

Crest
Meta Holidays

आइपिओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पूँजी कायम गरिसकेको छ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको हिस्सा ७० प्रतिशत तथा साधारण लगानीकर्ताको ३० प्रतिशत हुनेछ । ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका छन् ।

गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले असार २० गते बीमा समितिबाट सञ्चालन इजाजतपत्र पाएको थियो । त्यस्तै भदौ १९ गते कारोबारको अन्तिम स्वीकृति लिएको कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

ज्योती लाइफले जीवन बीमा सुरु गरेपछि पौष मसान्त सम्म करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले ८६२ बीमा लेख बिक्री गरी तीन करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले कर्जा सापटीबाट ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ भने जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ जम्मा भएको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x