IME Life

बीमा कम्पनीहरुको ब्यालेन्ससीटको ढाचा परिबर्तन हुदै थप सरल र लगानीकर्ता मैत्री बनाईदै

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा थप सुचक समाबेश गर्न निर्देशन दिएको छ । समितिले जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा २० वटा र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा १९ वटा सुचक थप गर्न निर्देशन दिएको हो ।ब्यालेन्ससीटको अनुसुचीमा प्रमुख सुचकको रुपमा यी अनुपातहरु थपिने भएका हुन् । यस्ता अनुपात थपिएपछि बीमा कम्पनीको अबस्था तथा ब्यवसाय बृद्धिको यथार्थ विवरण प्राप्त हुने समितिको भनाइ छ ।

Crest
Meta Holidays

जीबन बीमा कम्पनीको ब्यालेन्ससीटमा अब थपिने सुचकहरु
समितिले जीबन बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा कूल बीमा शूल्कमा वृद्धि, प्रथम बीमा शुल्कमा बृद्धि, लगानीमा बृद्धि, जीबन बीमा कोषमा बृद्धि, पुँजी र खुद सम्पत्तिको अनुपात तथा पुँजी र टेक्निकल रिजर्भको अनुपात जस्ता सुचक थप गर्न निर्देशन दिएको छ ।

यस्तै सल्भेन्सी अनुपात, (सुचिकृत नभएको सेयरमा लगानी र आसामी)/खुद जम्मा सम्पत्ति, अभिकर्तालाई दिइएको कर्जा/अभिकर्ता संख्या, खुद जोखिम धारण अनुपात, खुद टेक्निकल रिजर्भ/गत तीन बर्षको खुद बीमा शुल्कको औषत, असमाप्त जोखिम वापतको ब्यवस्था/विगत तीन बर्षको म्यादी बीमा शुल्कको औषत, खर्च अनुपात, कमिसनको अनुपात, कूल ब्यवस्थापनको खर्च/कूल बीमा शुल्क, अभिकर्ता खर्च (अन्य)/कूल ब्यवस्थापन खर्च, बीमालेख जारी खर्च अनुपात, लगानीमा प्रतिफल र पुँजीमा प्रतिफल जस्ता सुचक पनि थप गर्न जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिइएको हो ।

निर्जीबन बीमा कम्पनीको ब्यालेन्ससीटमा अब थप हुने सुचकहरु
समितिले निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुलाई कूल बीमा शुल्कमा बृद्धि, खुद बीमा शुल्कमा बृद्धि, लगानीमा बृद्धि, पुँजी र खुद जम्मा सम्पत्तिको अनुपात, खुद बीमा शुल्क र पुँजी अनुपात, सल्भेन्सी अनुपात, (सुचिकृत नभएको सेयरमा लगानी तथा आसामी) र खुद जम्मा सम्पत्ति तथा सेयरमा भएको लगानी र खुद जम्मा सम्पत्ति जस्ता सुचक थप गर्न भनेको छ ।

यस्तै पुनर्बीमकले भुक्तानी गर्न बाँकी रकम र पुनर्बीमकलाई जारी गरेको बिजकको रकम, खुद जोखिम धारण अनुपात, खुद टेक्निकल रिजर्भ र गत तीन बर्षको खुद दाबी भुक्तानीको औषत, दाबी अनुपात, प्रत्येक्ष खर्च अनुपात, कमिसनको अनुपात, जम्मा खर्च अनुपात, कूल ब्यवस्थापन खर्च र कूल बीमा शुल्क, ब्यवसाय प्रबद्र्धन खर्च र खुद बीमा शुल्क, लगानीबाट आय र खुद बीमा शुल्क तथा पुँजीमा प्रतिफल जस्ता सुचक थप गर्न भनिएको छ ।

यस्ता सुचक आगामी आर्थिक बर्षदेखि ब्यालेन्ससीटमा समावेश गर्न निर्देशन दिइएको समितिका प्रवक्ता श्रीमान कार्कीले जानकारी दिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x