सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ८ करोड १० लाख नाफा प्राथमिक सेयर (आईपीओ) निश्काशन गर्ने तयारी

Citizen Life Insurance Co

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ महिनामा ८ करोड १० लाख रुपैयाँ नाफा गरेको छ ।गत असोज ६ गतेबाट जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले ३ महिनामा राम्रो प्रगति गरेको छ । समीक्षा अवधिमा कम्पनीले ३ हजार ५२ बीमालेख बेचेर १० अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको उल्लेख छ ।

कम्पनीले ३० प्रतिशत साधारण सेयर निश्काशनको एजेण्डासहित फाल्गुन ०४ गते प्रथम साधारणसभा बोलाएको छ। सर्बसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निश्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणका लागि छट्याईएको ३० प्रतिशत साधारण सेयर निश्काशन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार