IME Life

८ वटा नयाँ जीवन बीमा कम्पनीको प्रीमियम ६७ करोड, कुन कम्पनीले लियो सुरुवाती अग्रता ?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । लाइसेन्स लिएर धमाधम बजार विस्तार गरिरहेका नयाँ जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्मको वित्तिय विवरण पेश गरेका छन् । ती कम्पनीहरुले सेवा आरम्भ गरेदेखि पुस मसान्त अवधीमा ६७ करोड ८७ लाख ६हजार प्रीमियम संकलन गरेका हुन् । कम्पनीहरुले हालसम्म जम्मा ७२ हजार १ सय १९ वटा बीमा गराएका छन् ।

बीमा समितिमा पेश गरेको विवरण अनुसार युनियन लाइफ आक्रामक बजारीकरणमा लागेको छ भने आईएमई, सन नेपाल, रिलायबल, सिटिजन लगायतका कम्पनीले पछ्याईरहेका छन् । युनियन लाइफले पुस मसान्त अवधीमा २५ करोड ३८ लाख रुपैंयाँ प्रिमियम संकलन गरेको छ भने आइएमई लाइफले ११ करोड ४९ लाख प्रिमियम संकलन गरेको देखिन्छ ।

त्यस्तै, सन नेपाल लाइफले पनि १० करोड २७ लाख रुपैंयाँ प्रीमियम संकलन गरिसकेको छ । रिलायबलले ९ करोड २८ लाख प्रीमियम संकलन गर्दा सिटिजनले ७ करोड ६१ लाख प्रीमियम संकलन गरेको छ ।  सानिमा लाइफले भने जम्मा १६ लाख ३२ हजार रुपैंयाँ मात्रै प्रीमियम संकलन गर्न सफल भएको छ । सानिमाले म्यादी जीवन बीमा गराएको छैन् भने शाखा सञ्जाल पनि हालसम्म विस्तार गरेको छैन् ।

Crest

युनियन लाइफले देशभर ५६ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ भने आईएमईले ४० वटा र ज्योती लाइफले ३८ वटा शाखा विस्तार गरेका छन् । सिटिजनले २५ वटा शाखा खोल्दा रिलायबलले पनि २४ वटा शाखा पुर्याएको छ । करिब ३५ हजार पोलिसी बेचेपछि मात्रै बीमा कम्पनीहरु नाफा घाटा बराबरको अवस्थामा आईपुग्ने बताइन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS