IME Life

अमेरिकन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर स्वीकृत, न्युनतम ४० देखि ७० रुपैयाँ बोनस दरमा सकारात्मक वृद्धि

SPIL
Sanima Reliance

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी(मेटा लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले न्युनतम ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने जानकारी दिएको छ । नियामक निकाय बीमा समितिले स्वीकृति दिएपछि अमेरिकन लाईफले नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष ०७३/०७४ देखि हालसम्म बीमांङकीय मूल्याँकनअनुसार नाफामा सरिक हुने सबै जीवन बीमा लेखका लागि उक्त अवधिको प्रति वर्ष प्रति १ हजारमा नयाँ बोनस दर कायम गरेको कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

अमेरिकन लाईफकाअनुसार सावधिक जीवन बीमाअन्र्तगत १ देखि १५ वर्षसम्म वार्षिक प्रतिहजार ४५, १६ देखि २० सम्म ५५ र २१ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ । यस्तै ३ किस्तामा भुक्तानी योजनाअनुसार ४०, ५० र ६० बोनसदर कायम गरिएको छ । शिक्षा संरक्षण योजनाअन्र्तगत ४५,५५ र ७० रुपैयाँ बोनस कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले मृत्युदावी, समपर्ण मूल्य दावी, चुक्तामूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमालेखहरुमा लागु हुने जानकारी दिएको छ ।
शाखा कार्यलयनको रुपमा नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएको अमेरिकन लाइफले कम्पनीको रुपमा कारोबार गर्नुपर्ने भएको छ । समितिले पुँजीवृद्धिको नयाँ योजना ल्याएपछि अमेरिकनले कम्पनी स्थापना गर्न लागेको छ ।

उसले पुँजीवृद्धिको नयाँ योजना ल्याएको छ । आउदो असारसम्म जीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीले बढाएर २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x