IME Life

माघ १० मा ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा, आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्ने

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । हालै मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीले माघ १० गते पोखरामा वार्षिक साधारणसभा बोलाएको छ । पोखरामा हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ ।

धितोपत्र ऐन तथा नियमावलीअनुसार बोर्डमा दर्ता गरेर आईपीओ निष्कासन गर्ने प्रस्ताव सभाले पारित गर्ने कम्पनीले जानकारी दिएको छ ।
ज्योति लाइफले तीन महिनामा पौने २३ लाख बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा ७७ वटा बीमालेखबाट २२ लाख ८९ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

Crest
Meta Holidays

१ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको ज्योती लाइफले प्रति सेयर आम्दानी २ रुपैंयाँ ५१ पैसा र प्रति सेयर नेटवर्थ १०३ रुपैंयाँ १४ पैसा रहेको जनाएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो ।

ज्योतिले आईपीओ निष्कासनको तयारी गरेपनि सञ्चालनमा आएको १ वर्ष नपुगी आईपीओ निष्कासन गर्न नपाउने व्यवस्था रहेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्कास गर्न नपाउने व्यवस्था रहेको छ ।

नेपाल धितोपत्र बोर्डले भने सञ्चालनमा आएको एक बर्ष नपुगी बीमा कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने बताएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले भने(सञ्चालनमा आएको एक बर्ष नपुगेको बीमा कम्पनीले आइपीओ निष्काशन गर्न पाउँदैनन् । नयाँ आएका इन्स्योरेन्स कम्पनीका हकमा पनि यहि लागु हुन्छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासनको तयारी गरेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x