IME Life

बिमा समितिको नया प्रस्ताव-जीवन बिमा कम्पनीले बिमित हित कोष खडा गर्नुपर्ने

SPIL
Sanima Reliance

जीवन बिमा कम्पनीहरूले विमित हित संरक्षण कोष स्थापना गर्नुपर्ने भएको छ । बिमा समितिले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको नयाँ बिमा ऐनमा कम्पनीहरूले विमितको हितका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले प्रस्ताव गरेकै स्वरूपमा ऐन पारित भएमा कम्पनीहरूले कोष खडा गर्नुपर्नेछ ।
कुनै पनि कम्पनी धरासायी भएको अवस्थामा विमितले गरेको लगानीको सुरक्षाका लागि खडा गरिने कोष नै बिमित हित संरक्षण कोष हो । कम्पनी टाट पल्टेको अवस्थामा यही कोषबाट बिमितहरूलाई दामासाही रूपमा रकम फिर्ता गरिन्छ । विश्वका कतिपय मुलुकमा यस्तो खालको व्यवस्था भए पनि नेपालमा भने अहिलेसम्म यसको सुरुवात भइसकेको छैन ।
उसो त नेपालका कम्पनीहरू टाट पल्टने अवस्थामा छैनन् । तर, बिमितको हितका लागि कोष खडा गर्नु आवश्यक रहेको बिमा समितिका निर्देशक राजुरमण पौडेलले बताए । “हामीले नयाँ ऐनमा कोषको व्यवस्था गरेका छौं । ऐन पारित भएपछि कोष कसरी स्थापना गर्ने भन्ने विषयमा छलफल गर्नेछौं,” उनले भने ।

बिमितको सुरक्षा गर्नु नियमनकारी निकायको प्रमुख कर्तव्य हो । त्यसैले विद्यमान ऐनमा यसको व्यवस्था नभए पनि समितिले कार्यविधि ल्याएर विमित संरक्षण हित कोष खडा गर्न सक्ने विमा विज्ञ डा. रविन्द्र घिमिरेले बताए । “अन्य निकायमा पनि सेवाग्राहीको हितका लागि यस्तो खालको कोषको व्यवस्था छ । वित्तीय संस्थाहरूले पनि निक्षेपकर्ताको संरक्षणका लागि यस्तो कोष स्थापना गरेका छन्,” उनले भने । तर, बिमा क्षेत्रमा भने हालसम्म पनि यसको व्यवस्था हुन सकेको छैन ।
त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले भने समितिले निर्देशन दियो भने कम्पनीहरूले अनिवार्य रुपमा कोष खडा गर्ने बताए । “कोष आवश्यक छ, यसको नेतृत्व समितिले नै गर्नुपर्छ । अन्य निकायमा पनि यस्तो खालको व्यवस्था छ । हामीले पनि गर्न सक्छौं । तर, समितिले निर्देशन दिनुपर्छ,” उनले भने ।

Crest
Meta Holidays

तर, गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद भट्टराईले भने कम्पनीहरूले यसअघि नै बिमा कोष खडा गरीसकेकाले छुट्टै बिमित हित संरक्षण कोषको आवश्यक नरहने बताए । “हामीले विमितको हितका लागि नै विमा कोष खडा गरेका हौं । बिमित संरक्षण हित कोषको काम यही कोषले नै गरिरहेको छ,” उनले भने ।

समितिले नयाँ ऐनमा कोषको परिकल्पना गरे पनि कस्तो खालको संरचनामा कोष खडा गर्ने भन्ने विषयमा भने योजना बनाएको छैन । साधारणतया यस्तो खालको कोषमा बिमा कम्पनीहरूको पहिचान नभएको स्रोतबाट आएको रकम जम्मा गरिन्छ । जस्तै, बिमा योजना व्यतित भएको रकम, मृत्यु भएको तर दाबी नपरेको रकम, योजना परिपक्व भए पनि विमितले नलिएको रकम यस्तो कोषमा राख्ने गरिन्छ । यदि पहिचान खुलेमा उक्त रकम हटाइन्छ भने नखुलेमा त्यसलाई कोषमा नै राखिन्छ । उक्त रकममा समितिले पनि केही रकम थप गरी कोष स्थापना गर्न सक्ने समितिले बताएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x