अनलाइन सेयर कारोबार २०७५ साल जेठपछि मात्रै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाईन सेयर कारोबार २०७५ साल जेठबाट मात्रै आरम्भ हुने स्पष्ट पारेको छ । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउँदले मंगलबार पत्रकार सम्मेलन मार्फत २०७५ जेठ अघि अनलाईन सेयर कारोबार सम्भव नभएको स्पष्ट पारेका हुन् ।‘यो अन्त्यन्तै प्राबिधिक र जटिल काम हो, केहि समय अदालतको मुद्धा मामिलाले पनि अड्कायो, अब २०७५ जेठमा मात्रै अनलाइन सेयर कारोबारको परिक्षण आरम्भ हुन्छ’, साउनले पत्रकार सम्मेलनमा भने । यस अघिका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले आज अर्थात कात्तिक २१ देखि अनलाइन सेयर कारोबार आरम्भ गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार