IME Life

निर्जीवन बिमा कम्पनीले प्रसार-प्रसारमा २५ प्रतिशत खर्च गर्नु पर्ने

SPIL
Sanima Reliance

काठमाडौं– बिमासम्बन्धी जनचेतना बढाउन निर्जीवन बिमा कम्पनीहरूले पनि निश्चित रकम खर्च गर्नुपर्ने भएको छ । बिमासम्बन्धी प्रचारप्रसार र विज्ञापनमा कम्पनीहरूले न्यूनतम रकम खर्च गरेपछि बिमा समितिले सीमा नै तोकेर खर्च गर्न निर्देशन दिएको छ । समितिको निर्देशनअनुसार कम्पनीहरूले व्यवस्थापन खर्चअन्तर्गत विज्ञापन तथा प्रचारप्रसारमा न्यूनतम २५ प्रतिशत रकम खर्च गर्नुपर्नेछ । यो प्रावधान कात्तिक महिनादेखि नै लागू गरिएको छ ।

निर्जीवन बिमा कम्पनीहरूले व्यवस्थापन खर्चअन्तर्गत अतिथि सत्कार, व्यापार प्रवद्र्धन, विज्ञापन तथा प्रचारप्रसार र अभिकर्तालगायतका शीर्षकमा खर्च गर्न पाउने व्यवस्था छ । समितिको प्रावधानअनुसार उक्त शीर्षकमा कम्पनीहरूले आफ्नो खुद बिमाशुल्कको १।५ प्रतिशत रकम खर्च गर्न पाउँछन् ।

सोही रकमलाई शतप्रतिशत मानी अबदेखि कम्पनीहरूले विज्ञापन तथा प्रचारप्रसारमा २५ प्रतिशत रकम खर्च गर्नुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “कम्पनीहरूले अन्य शीर्षकमा जे जति खर्च गरे पनि विज्ञापनका लागी कम्तिमा २५ प्रतिशत खर्च गर्नुपर्नेछ , अधिकतम जति पनि खर्च गर्न पाउँछन्,” उनले भने ।

यसअघिको व्यवस्थाअनुसार कम्पनीहरूले व्यवस्थापन खर्चमा तोकिएको रकम ९१।५ प्रतिशत०मध्ये चारवटै शीर्षकमा आफूखुशी खर्च गर्न पाउँथे । निश्चित शीर्षकमा निश्चित रकम खर्च गर्ने व्यवस्था नगरेकै कारण विज्ञापन तथा प्रचारप्रसार कम्पनीहरूले थोरै मात्रै खर्च गरेको पाइएको समितिले बताएको छ ।

अधिकांश कम्पनीहरूले अतिथि सत्कार र व्यापार प्रबद्र्धन शीर्षकमा धेरै खर्च गरे पनि प्रचार प्रसारमा भने २÷३ प्रतिशत मात्रै खर्च गरेको पाइएको समितिले बताएको छ । तर, केही कम्पनीहरूले भने ३० प्रतिशतसम्म खर्च गरेको समितिका अध्यक्ष चापागाईंले बताए । “त्यसैले सबै कम्पनीहरूमा एकरूपता ल्याउन र जनचेतना बढाउने कार्यमा सहभागी गराउन हामीले सबै बिमकहरूसँग बसेर छलफल ग¥यौं, उहाँहरूले पनि यसलाई स्वीकार गर्नुभयो,” उनले भने ।

बिमासम्बन्धी चेतना बढाउने कार्यमा समिति आफै पनि सक्रिय छ । साथै कम्पनीहरूले पनि प्रचारप्रसार गर्ने कार्यमा योगदान दिए भने बृहत रूपमा जनचेतना बढाउन सकिने समितिले बताएको छ ।

नेपालमा हाल १७ निर्जीवन बिमा कम्पनी छन् । त्यस्तै, तीनवटा कम्पनी सञ्चालनको तयारीमा छन् । कम्पनीहरूले प्रत्येक वर्ष व्यवसाय वृद्धि गरे पनि प्रचारप्रसारमा भने खर्च नगरेको सरोकारवालाहरूले गुनासो गर्दै आएका छन् ।

कम्पनीहरूले समितिले अनिवार्य गरेकै आधारमा व्यवसाय सञ्चालन गर्दै आएको उनीहरूको आरोप समेत रहेको छ ।तथ्यांकअनुसार गत आवमा निर्जीवन बिमा कम्पनीहरूले १८ अर्ब ८० करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ३० प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरूले १४ अर्ब ४२ करोड रूपैयाँ बिमाशुल्क आर्जन गरेका थिए ।

उत्पादनमा आधारित तरकारी बिमालेख जारी गर्दै समिति

बिमा समितिले उत्पादनमा आधारित तरकारी बिमालेख जारी गर्ने तयारी गरेको छ । विभिन्न ४९ प्रकारका तरकारी बिमालेख जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको समितिले बताएको छ । साथै समितिले उत्पादनमा नै आधारित अदुवा र बेसार बिमालेख पनि जारी गर्ने भएको छ ।

तरकारी उत्पादनको आधारमा गरिने बिमा नै उत्पादनमा आधारित बिमा हो । समितिले यस अघि उत्पादनमा नै आधारित माछा, चैते धान र बिजवृद्धि बिमालेख जारी गरिसकेको छ । अन्य बिमालेख भने लागतमा आधारित रहेका छन् । उत्पादन हुने खेतीको आधारमा बिमा गर्दा कृषकहरू बढी लाभान्वित हुने भएपछि समितिले उत्पादनमा आधारित बिमालेख जारी गर्ने तयारी गरेको हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x