IME Life

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच मंगलबार कार्यालयको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै चापागाईंले बिमा क्षेत्रले पछिल्लो समय फड्को मारेको धारणा राखे । बिमाको बजार ९० प्रतिशत भन्दा बढी खाली रहेको उल्लेख गर्दै उनले बिमाको दायरा अझै बढाउनुपर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बिमा सबैका लागि आवश्यक रहकाले बिमाको पहुँच बढाउन आफ्नो कम्पनी सफल हुने दावी गरे । नायव महाप्रवन्धक पोषराज सुवेदीले पोखरा क्षेत्रमा सेवा प्रदान गर्न कार्यालयको शाखा सञ्चालनमा ल्याइएको जानकारी दिए । कम्पनीको पोखरा क्षेत्रीय प्रमुखमा हरि ढुंगाना र शाखा प्रमुखमा गणेश धमाला कार्यरत छन् ।

Crest

विभिन्न योजना मार्फत आफ्नो कम्पनीमार्फत जतिसक्दो धेरैको बिमा गराउने आफूहरुको लक्ष्य रहेको क्षेत्रीय प्रमुख ढुंगानाले बताए । कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीमा सुलभ अग्रवाल, शेखर गोल्छा, संदिप कुमार अग्रवाल सञ्चालक छन् भने जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हाडवेयरको लगानी छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS