काठमाडौं । सरकारले समयमै कायम पूरा गर्ने २० कम्पनीलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन समितिले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। ती कम्पनीलाई कालोसूचीमा राख्न विभिन्न निकायबाट सिफारिस भएको थियो।
कालोसूचीमा परेका कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म कुनै पनि काममा भाग लिन नपाउने व्यवस्था गरिएको छ। ती २० कम्पनीमध्ये १८ वटालाई १ वर्ष र २ वटालाई ३ वर्ष काम गर्न नपाउने गरी रोक लगाइएको छ।
कालोसूचीमा परेका कम्पनीहरु













