IME Life New

बाढी र डुबानबाट सुरक्षित रहन थाहा पाई राख्नुपर्ने २ वटा महत्वपूर्ण नम्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षातको माैसम शुरू भएकाले बाढी र डुबानबाट जोगिनका लागि होशियारी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्राधिकरणले बाढीबारे पूर्व जानकारीका लागि नदी तटीय क्षेत्रका बासिन्दालाई ११५५ नम्बरबाट मोबाइलमा प्राप्त हुने सन्देश (एसएमएस) चनाखो भएर पढ्न र बुझ्न अनुरोध गरेको छ। साथै नदी वा बाढीको जोखिम भएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिले ४ अंकको फोन नम्बर  ११५५ मा सम्पर्क गरेर आफू बसोबास गर्ने क्षेत्रमा बाढीको अवस्थाबारे पूर्व जानकारी लिन सक्छन्।

Esewa
Crest

बाढी डुबानमा परेको अवस्थामा तत्काल उद्धारका लागि ४ अंकको फोन नम्बर ११४९ मा फोन गर्न प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले बाढीबाट जोगिनका लागि आफ्नो बास स्थल नजिकै रहेको अग्लो ठाउँ र डिलबारे जानकारी राख्न र बाढीको खतराबारे जानकारी पाए लगत्तै सुरक्षित स्थानमा सर्न समेत अनुरोध गरेको छ।

जोखिमपूर्ण क्षेत्रका बासिन्दाले मोबाइलको ब्याट्री पुरा चार्ज गर्ने र फोन वा एसएमएस गर्नका लागि पर्याप्त ब्यालेन्सको व्यवस्था गर्दा आपत परेका बेला गुहार माग्न सहज हुन्छ।

प्राधिकरणले सार्वजनिक हितमा जारी गरेको सूचनामा टर्च लाइट, डोरी, सिटी, लाैरो अग्लो ठाउँमा राख्न, पिउने पानी सफा पार्न प्रयोग हुने फिटकिरी र अन्य सामान घरभित्र अग्लो ठाउँमा राख्न, आपत पर्दा काम लाग्ने सामाग्रीहरू नून, तेल, दाल, अन्न घरभित्रको अग्लो ठाउँमा राख्न पनि सुझाव दिएको छ।

प्राधिकरणले बाढी र डुबानबारे आफूले थाहा पाएको जानकारी सक्दो छिटो अरूसम्म पुर्याएर योगदान गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS