IME Life New

विनाशकारी बाढी: १७७ जनाको शव फेला, ४१ जना घाइते उपचाररत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका १७७ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवनमा मात्रै ६९ जनाको शव फेला परेको छ। धादिङमा २७ जना, नवलपरासी पूर्वमा ३२ जना, गोरखामा २० जना, नुवाकोटमा १२ जना, तनहुँमा ९ जना, नवलपरासी पश्चिममा ६ जना र रसुवा २ जनाको शव फेला परेको छ।

Esewa
Crest

प्रहरीका अनुसार हाल विभिन्न अस्पतालमा ३३ जना घाइते उपचाररत छन्। घाइतेमध्ये १९ जनाको त्रिवि शिक्षण अस्पतालमा, ८ जनाको ट्रमा सेन्टरमा, वीर अस्पताल र नर्भिक अस्पतालमा २–२ जनाको तथा वीरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा १–१ जनाको उपचार भइरहेको छ।

विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि ३ हजार ३१८ जना प्रहरी परिचालित छन्। हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा आएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS