IME Life New

एनसेलकाे नेतृत्व सम्हाल्न आउँदैछन् जमैकाकाे डिजी सेलका पूर्व सिइओ कायुमाेब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपालकाे दाेश्राे ठूलाे दूर स‌ंचार सेवा प्रदायक एनसेल एजियाटा लिमिटेडकाे नेतृत्व सम्हाल्नका लागी उत्तर अमेरिकाकाे दूर स‌ंचार कम्पनी डिजिसेल जमैकाका पूर्व प्रमुख कार्यकारी अधिकृत जब्बर कायुमाेब नेपाल आउने भएका छन् ।

नेपालकाे निजी क्षेत्रकाे दूर स‌ंचार कम्पनी एनसेलमा उनका लागी याे दाेश्राे नियुक्ति हुनेछ । यसअघि सन् २०११ देखि १२ काे अवधिमा उनी एनसेल प्रा.लि. मा चिफ कमर्शियल अफिसर(प्रमुख व्यापार अधिकृत) पदमा कार्यरत थिए । एनसेलबाट बाहिरिए पछि उनी सन् २०१३ देखि २०१६ सम्म निजी क्षेत्रकाे दाेश्राे ठूलाे दूर संचार प्रदायक स्मार्ट टेलिकममा प्रमुख कार्यकारी पदमा कार्यरत थिए ।

Esewa
Crest

एनसेल एजियाटाकाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी पाउनु दुई महिना अघि मात्र गत १७ जनवरीमा उनले साढे दुई वर्ष काम गरेर जमैकाकाे डिजि सेल कम्पनीकाे प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका थिए ।

उनीसँग ताजिकिस्तानकाे दूर संचार कम्पनीहरु टि सेल र भिइयाेनमा समेत प्रमुख कार्यकारी पदमा काम गरेकाे अनुभव रही सकेकाे छ।

कायुमाेब पूर्व साेभियत यूनियनकाे हिमाली भेग ताजिकिस्तानमा जन्मिएका हुन् । ४२ वर्षिय उनी हाल सपरिवार दुबईमा बसाेबास गर्दै आएकाे जमैकाकाे स‌ंचारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS