IME Life New

एक महिनामा १५ हजार कृषी बीमालेख जारी, अधिकांश पशुपंक्षी बीमालेख मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १५ हजार ६८६ वटा कृषी बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार, विगतका वर्षहरू झैं यसवर्ष पनि यीमध्ये ९५ प्रतिभन्दा बढी बीमालेख पशुधन बीमासँग मात्र सम्बन्धित छ।

Esewa
Crest

आर्थिक वर्ष २०८२।८३ को साउन महिनामा जारी कृषी बीमालेख । श्रोतः नेपाल बीमा प्राधिकरण

निर्जीवन बीमकले एक महिनाको अवधिमा कुल १५ करोड ९५ लाख  ७१ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कुल ६ वटा बीमालेख जारी गर्दै निर्जीवन बीमकले जम्मा ७ वटा बीमालेख जारी गरेर ३५ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

सरकारले अनुदानवापतको रकम उपलब्ध नगराएको भन्दै अघिल्लो अार्थिक वर्ष २०८०।८१ मा कृषी बीमालेख बिक्री ठप्प पारेकाले बीमालेख संख्य नगण्य हुन पुगेको थियो।

सरकारले बीमा प्रवर्द्धनका लागि ५० देखि ८० प्रतिशतसम्म बीमाशुल्क अनुदान उपलब्ध गराएपनि, धान, गहुँ, दलहन बालीका किसान यो बीमालेखबाट लाभान्वित हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS