IME Life New

बीपी राजमार्गमा १५ दिनका लागि यात्रुवाहक सवारी चलाउन निषेध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीपी राजमार्गमा आज असार ६ गतेबाट १५ दिनसम्म साँझदेखि बिहानसम्म यात्रुवाहक सवारी सञ्चालनमा निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै बीपी राजमार्गको खुर्कोटबाट काठमाडौंतर्फ जारी सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधन साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको हो। हाल देशमा मनुसन सक्रिय अवस्थामा रहेकोले गर्दा कुनै पनि समयमा वर्षाका कारण विपतको अवस्था सिर्जना हुने भएकोले यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

Esewa
Crest

यो निर्णय काभ्रेपाल्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकबाट लिइएको सूचनामा उल्लेख छ। वर्षाको बेला यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन तीनवटै जिल्लाका प्रशासनले यस्तो निर्णय गरेका हुन्।

यसबाट यात्रुमा पर्न गएको असुविधा प्रतिशत जिल्ला सुरक्षा समिति सिन्धुलीले क्षमा याचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS