IME Life New

सिटिजन्स बैंकको १४ लाख ४४ हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको १४ लाख ४४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १४ लाख ४४ हजार ८४.९३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले यो अवधिभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS