IME Life New

युरोपमा १२ टन किटक्याट चकलेट चोरी, बजार अभाव हुने संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेस्लेको प्रसिद्ध चकलेट किटक्याटको ठूलो ढुवानी युरोपमा चोरी भएको छ। जसले बजार यो चकलेट अभावको डर बढाएको छ।

कम्पनीका अनुसार लगभग १२ टन चकलेट बोकेको ट्रक गायब भएको छ। ट्रकमा ४ लाख १३ हजार ७९३ युनिट चकलेट थियो। ट्रान्जिटका क्रममा बेपत्ता ट्रक इटालीबाट पोल्यान्ड जाँदै थियो। बाटोमा धेरै देशमा आपूर्ति गर्ने लक्ष्य राखिएको थियो।

Esewa
Crest

कम्पनीले चोरीको सही स्थान खुलाएको छैन। नेस्लेले इस्टरअघि घटनाले किटक्याटको उपलब्धतामा असर पार्न सक्ने जनाएको छ। कम्पनीले चोरी भएको चकलेट अवैध बजारमा बिक्री हुन सक्ने चेतावनी दिएको छ। ब्रान्डका प्रवक्ताले भने, ‘कम्पनीले ग्राहकलाई किटक्याटसँग ब्रेक लिन प्रोत्साहित गर्दछ। तर, यस अवस्थामा चोरहरुले यो सन्देशलाई धेरै गम्भीरताका साथ लिए र १२ टन चकलेट लिएर भागे।’

यो मामिला हाल कम्पनीले स्थानीय अधिकारीहरु र आपूर्ति शृंखला साझेदारसँग अनुसन्धान भइरहेको छ। कम्पनीले प्रत्येक बारमा छापिएको अद्वितीय ब्याच कोड प्रयोग गरेर हराएको ढुवानी पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ। चोरी भएको सामान पत्ता लगाउने र बजारमा फैलिनबाट रोक्ने प्रयास गर्दा यसले खुद्रा बिक्रेता र ग्राहकलाई सतर्क रहन कम्पनीले आग्रह गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS