IME Life New

क्यासिनो सञ्चालनमा कडाइ, १२ बुँदे निर्देशन जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले क्यासिनो सञ्चालनलाई व्यवस्थित र सुरक्षित गर्न कडा निर्देशन जारी गरेको छ।

पर्यटन विभागले क्यासिनोहरुका नाममा परिपत्र जारी गर्दै १२ बुँदे निर्देशन जारी गरेको हो। परिपत्रमा क्यासिनोले पालना गर्नुपर्ने नियम–कानुनका साथै सुरक्षा व्यवस्थाका विषयमा निर्देशन दिइएको छ।

Esewa
Crest

क्यासिनोले कानुनबमोजिम पालना गर्नुपर्ने सर्त, मापदण्ड तथा निर्देशनहरुको पूर्ण पालना हुने नगरेकोजस्ता गुनासा तथा उजुरी प्राप्त भएको भन्दै विभागले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। क्यासिनो कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५, क्यासिनो नियमावली, २०८२ मा उल्लेखित व्यवस्था र हाल जारी निर्देशन तथा सर्त अनिवार्य पालना गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ।

यस्ता छन् १२ बुँदे निर्देशन

  • सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ को पूर्ण रुपमा पालना गर्नुपर्ने,
  • नेपाल राष्ट्र बैंकबाट विदेशी परिवत्र्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने,
  • क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ बमोजिमको विवरण नियमित रुपमा विभागमा पेस गर्ने,
  • क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्री विवरणहरु तोकेअनुरुप अध्यावधिक गरी यस विभागले माग गरेको अवस्थामा उपलब्ध गराउने,
  • क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सीसीटीभी क्यामेराको अभिलेख कम्तीमा ६ महिना सुरक्षित राख्नुपर्ने,
  • तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिका (सब कन्ट्रयाक्ट) बाट क्यासिनो सञ्चालन गर्न नपाइने,
  • इजाजत दिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा क्यासिनो सञ्चालन गर्न पूर्णरुपमा प्रतिवन्ध हुने,
  • इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नुअघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुनबमोजिम तत्काल आकस्मिक लाभ कर अग्रिम रुपमा कट्टी सोही दिन गर्नुपर्ने,
  • आकस्मिक लाभ कर कट्टी गरेपछि इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउनुपर्ने र सोको जानकारी यस विभागमा दिनुपर्ने,
  • इन्टरनेटमा आधारित वा अनलाइन माध्यमवाट कुनै पनि खेल खेलाउन प्रतिवन्ध हुने,
  • क्यासिनो तथा होटल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभूति,
  • कानुन बमोजिम स्थानीय सुरक्षा निकायहरुका निर्देशनहरुको पूर्ण परिपालना गर्नुपर्ने र नेपाल ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन गर्दा दुरुस्त नपाइएमा तत्काल कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS