काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।
मार्गचित्रमा पुँजीबजार विकास र सुधारका लागि १० वर्षे योजना सार्वजनिक गरिएको छ। जसमा बजार पुँजीकरण (मार्केट क्याप) जीडीपीको १५० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य सेबोनले लिएको छ।
मार्गचित्रमार्फत सेबोनले अर्थ मन्त्रालयलाई १० वर्षे योजनाको प्राथमिक निर्णय कार्यान्वयन गर्न सिफारिस पनि गरेको छ।
के–के छन् १० वर्षे योजनामा ?
तत्कालिक (पहिलो १०० दिनभित्र)
- धितोपत्र ऐन संशोधन प्रक्रिया प्रारम्भ गर्ने
- प्राथमिक बजार निष्कासन व्यवस्थामा समसामयिक सुधार गर्ने
- पुँजीबजार सुधार कार्यान्वयन इकाइ स्थापना गर्ने
- सेबोन, नेप्से तथा सीडीएससीको संस्थागत पुनर्संरचना प्रारम्भ गर्ने
- भिजन २०३६ कार्यान्वयन कार्यदल गठन गर्ने।
पहिलो दुई वर्षभित्र
- कर्पोरेट बन्ड मार्केट सञ्चालन गर्ने
- एसएमई एक्सचेन्ज स्थापना गर्ने
- ग्रीन बन्ड फ्रेमवर्क लागू गर्ने
- एआईमा आधारित मार्केट सर्भिलेन्स सञ्चालन गर्ने
- राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु गर्ने।
पाँच वर्षभित्र
- आरईआईटीएस, ईटीएफएस, आईएनभीआईटीएस सञ्चालन गर्ने
- प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फ्रेमवर्क पूर्ण कार्यान्वयन गर्ने
- क्वालिफाइड फरेन इन्स्टिच्युसनल इन्भेस्टर्स (क्यूएफआईआई) प्रवेश गराउने
- डिजिटल क्यापिटल मार्केट प्लेटफर्म पूर्ण सञ्चालन गर्ने
- क्यापिटल मार्केट रिसर्च इन्स्टिच्युट स्थापना गर्ने।
सन् २०३६ सम्म
- बजार पुँजीकरण जीडीपीको १५० प्रतिशतभन्दा माथि पुर्याउने
- ५०० भन्दा बढी कम्पनी सूचीकरण गर्ने
- कर्पोरेट बन्ड मार्केटलाई अर्थतन्त्रको प्रमुख वित्तीय स्रोत बनाउने
- दक्षिण एसियामा प्रतिस्पर्धी तथा आधुनिक पुँजीबजारका रुपमा नेपाललाई स्थापित गर्ने।












