नेपाल धितोपत्र बोर्डमा आर्थिक बर्ष २०७५/७६ मा ९४ कम्पनीहरुको बोनस सेयर दर्ता भएका छन् । ९४ वटा कम्पनीहरुको २६ अर्ब ७० करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको २७ करोड ३० लाख २४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएका हुन् ।
बोनस सयेर दर्ता हुनेमा बैंक तथा वित्तीय संस्था, जलविद्युत कम्पनी, होटल र बीमा कम्पनीहरु छन् ।




















