IME Life New

८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पुस १८ गते ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

सूर्योदय वोमी लघुवित्तले पुस २१ गते, आइतबार बुकक्लोज गर्दैछ । अन्य ७ कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली पुस १९ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते आइतबार, ललितपुर स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९६२३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ४ गते, शुक्रबार, सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कालिका लघुवित्त वित्तीय संस्थाले पुस २९ गते सोमबार, होटल टास्क इन्टरनेशनलको सभाहल, पोखरा, बुद्धचोकमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

हिमालयन डिष्टिलरी पुस २८ गते आइतबार, कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालित वडा नं २१, लिपनिविर्ता, पर्सामा २४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

बोटलर्स नेपाल (तराई)ले पुस २६ गते, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको साधारण सभा दिउँसो १२ गते सुरु हुनेछ। कम्पनीको ३८ औँ वार्षिक साधारण सभाले ५० प्रतिशत नगद लाभांश प्रस्तावका साथै लेखापरक्षिक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लुम्बिनी विकास बैंकले पुस २९ गते, सोमबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पुस २९ गते सोमबार, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.६८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कालिका पावरले पुस २९ गते, सोमबार, दियालो फुलल्याण्ड चितवन भरतपुर, चितवनमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS