IME Life New

६ महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १९ अर्ब ९ करोड बीमा शुल्क, पुस महिनामा मात्रै साढे ३ अर्बमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आज २० निर्जीवन बीमा कम्पनीहरुको ६ महिनाको वित्तीय विवरण प्रकाशन गरेको छ । समितिका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले पुस महिनामा मात्रै ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २० करोड ४ लाख,प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यसैगरी यूनाइटेड इन्स्योरेन्स कम्पनीले ८८ करोड २१ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ८४ करोड ६७ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ८२ करोड ४७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ८२ करोड ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ७९ करोड ७९ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ७९ करोड २१ लाख रुपैयाँ,लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७७ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

समितिको तथ्याङक अनुसार ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ६९ करोड १२ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६७ करोड ९ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६१ करोड ६५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५९ करोड १५ लाख, नेशनल इन्स्योरेन्स कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४६ करोड ५५ लाख रुपैयाँ र सानिमा इन्स्योरेन्स कम्पनीले ४६ करोड ११ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS