IME Life New

६ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे २०.८८ अर्ब बीमाशुल्क, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल करिब २१ अर्ब बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल १३ लाख ८९ हजार ३१९ वटा बीमा पोलिसी बिक्री गरी कुल २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ९करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

यता प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS