IME Life New

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट्स, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस १७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पुस २३ गते, मंगलबार, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

आइसिएफसि फाइनान्सले पुस २९ गते सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

लक्ष्मी सनराइज बैंकले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा चौबिसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सांग्रिला डेभलपमेन्ट बैंकले पुस २९ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१९२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पुस २६ गते, शुक्रबार, होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा तेइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS