IME Life New

६५% हकप्रद शेयर निष्काशनको माग गर्दै प्रभु इन्स्योरेन्स पुग्यो प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गर्दै नेपाल बीमा प्राधिकरण पुगेको छ । कम्पनीकाे सञ्चालक समितिकाे असार २७ गतेकाे बैठककाे निर्णय अनुसार ६५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागी इन्स्याेरेन्सले प्राधिकरण समक्ष निवेदन दिएकाे हाे ।

याे कम्पनीले हकप्रद शेयरमार्फत् कूल ९९ कराेड २८ लाख ७२ हजार २१० रुपैयाँ थप पूँजी जुटाएर कूल चुक्ता पूँजी रु‍. २ अर्ब ५० कराेड पुर्याउने लक्ष्य राखेकाे छ। हकप्रद शेयर निष्काशनकाे स्वीकृतिका लागी अनुदार देखिंदै आएकाे प्राधिकरण नेतृत्व बीमा कम्पनीहरुकाे मर्जर प्रकृय पुरा भएर ३९ वटा पुराना बीमा कम्पनी २१ वटामा समेटिए पछि हकप्रद शेयर निष्काशनका लागी स्वीकृति दिन पछिल्लाे समयमा लचिलाे देखिएकाे छ।

Esewa
Crest

निर्जीवन बीमा व्यवसाय गर्दै आएकाे प्रभु इन्स्याेरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जरमा गई प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन पहल गरेपनि मर्जर नभएसँगै कम्पनीले हकप्रदको माध्यमबाट चुक्ता पूँजी पुर्याउने बाटो रोजेको हो । अजाेड इन्स्याेरेन्ससँग स्वाप रेसियाेमा सहमति हुन नसकेपछि अजाेड इन्स्याेरेन्सले एकपक्षीयरुपमा मर्जर सम्बन्धी प्रारम्भिक सहमति २०७९ पाैष २६ गतेदेखि लागू हुने गरी भ‌ंग गरेकाे थियाे । त्यसलगत्तै युनाइटेड इन्स्याेरेन्ससँग मर्जर सहमति गरेर अजाेड इन्स्याेरेन्स हाल युनाइटेड अजाेड इन्स्याेरेन्समा रूपान्तरण भइसकेकाे छ।

अन्य कम्पनीसँग गाभ्ने /गाभिने पहल गरिरहेको तर प्रारम्भिक सम्झौता हुन नसकेको तथा यस कम्पनीले विदेशी कम्पनीसँग समन्वय गरी वैदेशिक रणनितीक साझेदार ल्याउनका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको तर अन्तिम निर्णय हुन नसकेकाले कम्पनीले हकप्रद शेयर जारी गर्न स्वीकृतिका लागी प्राधिकरणसमक्ष प्रभु इन्स्याेरेन्सले निवेदन पेश गरेको हो ।

नेपाल बीमा प्राधिकरणले २०८० असार मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीहरुलाई न्युनत्तम चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । मर्जरकाे प्रारम्भिक सम्झाैता भ‌ंग भएकाे र अन्य कुनै निर्जीवन बीमकसँग मर्जरका लागी हालसम्म कुनै सहमति जुट्न नसकेकाे जिकीर गर्दै प्रभु इन्स्याेरेन्सले हकप्रद शेयर निष्काशनका लागी नियामक प्राधिकरणसँग स्वीकृति मागेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS