IME Life New

६० किलो सुन तस्करीमा दुई वालेटको कनेक्सन, ३ अर्ब भुक्तानी, ग्राहकको पैसा के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही दिनअघि सूचना जारी गर्दै दुईवटा भुक्तानी सेवा प्रदायक (वालेट) पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको बैंक खाता रोक्का गरिएको जानकारी गराएको थियो। यी दुवै संस्थाबाट भइरहेको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेकोले उनीहरुको बैंक तथा वित्तीय संस्थामा रहेका सबै खाताहरु रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले खाता रोक्का गर्नुको स्पष्ट कारण नखुलाए पनि यी दुवै भुक्तानी सेवाप्रदायकको कनेक्स हङकङबाट तस्करी गरेर काठमाडौं ल्याइएको ६०.७ किलो सुनमा रहेको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यो सुन तस्करीको छानबिन गर्ने क्रममा ती दुई वालेटको दुरुपयोग भएको खुलेको हो। तस्करीको सुनको रकम भुक्तानी गर्दा ती दुई मोबाइल वालेटको पनि प्रयोग भएको भेटिएको सीआईबीले जनाएको छ।

Esewa
Crest

केही समयअघि चिनियाँ सुन तस्कर दाओजिन वाङसहितको समूहले ६०.७ केजी सुन काठमाडौं नेपाल भित्र्याएको थियो। यो सुन तस्करीमा संलग्न भनिएका १० जनालाई पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ।

सीआईबीकै अनुसन्धान प्रतिवेदनका आधारमा पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको सबै बैंक खाता रोक्का गरिएको राष्ट्र बैंक स्रोत बताउँछ। ‘सीआईबीको अनुसन्धानले सुन तस्करमा संलग्न गिरोहले ती दुई वालेटमार्फत भुक्तानीबापतको रकम जम्मा गर्ने गरेको देखियो’, स्रोतले भन्यो, ‘त्यसपछि ती वालेट कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्थे र तस्करी गरी ल्याइएको सुनको तस्कर समूहलाई पठाउँथे।’

सीआईबीले तस्करीको सुनको भुक्तानीबापत दुवै वालेटबाट करिब ३ अर्ब रुपैयाँ भुक्तानी भएको निष्कर्ष निकालेको राष्ट्र बैंक स्रोत बताउँछ। ‘हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘ग्राहकको ती वालेटमा राखेको रकम जोखिममा पर्न दिँदैनौँ। यो विषयमा ढुक्क रहन हामी ग्राहकलाई आग्रह गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS