IME Life New

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुकक्लोज गर्दैछन्। पुस १० गते क्रिसमसको सार्वजनिक बिदा भएका कारण नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्

Esewa
Crest

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते आइतबार, कोमल होटलको सभाहल, मिथिला नगरपालिका ६, ढल्केबर, धनुषामा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

मञ्जुश्री फाइनान्स लिमिटेडले पुस २८ गते, आइतबार, थापागाउँ ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगै मर्जर अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेडले पुस २८ गते, आइतबार, अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २७ गते, शनिबार, काठमाडौँ थापागाउँ, नयाँ बानेश्वरमा १३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS