IME Life New

५० जना कोरोना बीमितलाई दावी भुक्तानी नदिने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा दावीका लागि पेश भएका कागजात मध्ये ५० जनाले दोहोरोदा दावी भुक्तानी माग गरेकोले उनीहरुको दोहोरो दावी भुक्तानी नदिने बीमा पुलले निर्णय गरेको छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले कोरोना बीमाको दावी भुक्तानी एउटा कम्पनीबाट माग गरेपछि पुनः अर्को कम्पनीबाट माग गरेमा त्यस्तो दावी भुक्तानी नहुने प्रष्ट पार्दै कोरोना बीमाको पिसिआर पोजेटिभ रिपोर्ट पेश गरी ५० जनाले दोहोरो दावी भुक्तानी माग गरेको बताए ।

Esewa
Crest

बीमा पुलले उल्लेखित दोहोरो दावी भुक्तानी माग गर्ने ५० जनाको दावी भुक्तानी नदिने निर्णय गरेको जनाएको छ । त्यस्तै, स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा दुई हजार ५५४ जना बीमितको फाईल प्रमाणिकरण हुन नसकी रोकिएको बीमा समितिले जनाएको छ । उनीहरुको पिसिआर पोजेटिभ रिपोर्ट विभिन्न कारण कैफियत देखिएको र सो सम्बन्धमा समन्वय भइरहेको बीमा पुलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS