IME Life New

३८० जनाले लिए सर्भेयर लाइसेन्स, पुससम्ममा सबैलाई तालिम दिने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ३८० जनालाई बीमा सर्भेयरको लाइसेन्स दिएको छ । समितिले आधारभुत तालिम लिएकाहरुलाई लाइसेन्स दिएको हो । समितिले भदौ ८ गतेदेखि १४ गतेसम्म सर्भेयरको लाइसेन्सका लागि आवेदन आह्वान गर्दा ११६८ जनाले आवेदन दिएका थिए ।

आवेदन दिने मध्ये अहिलेसम्म ३८० जनाले आधारभुत तालिम लिएर लाइसेन्स प्राप्त गरेका छन् । समितिले कार्तिक महिनामा थप ३०० जनालाई आधारभुत तालिम दिने लक्ष्य लिएको छ । यदि कार्तिकमा लक्ष्य अनुसार ३०० जनालाई तालिम दियो भने पनि अझै ७८८ जना बाँकी हुनेछन् । समितिले पुस भित्रमा बाँकीलाई तालिम दिने समितिले जनाएको छ । यसका लागि इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल र बीमा समितिले समन्वय गर्नु पर्नेछ ।

Esewa
Crest

समितिले ५ वर्ष पछि सर्भेयरको लाइसेन्स खुला गरेको थियो । लामो समयपछि आह्वान गरिएकाले अत्याधिक आकर्षण देखिएको हो । समितिले अधिकतम दुई तीन सय जनाको आवेदन पर्ने अनुमान गरेको थियो । तर अनुमान गरिएको भन्दा अत्याधिक माग परेपछि समितिलाई दवाव परेको छ ।

आवेदन खुला गरेको एक दुई दिनमै ५/६ सय जनाको आवदेन परेपछि समितिले भदौ १० गतेदेखि नै तालिम सञ्चालन गरेको थियो । आवेदन दिएको समयका आधारमा समितिले तालिम दिइरहेको छ । तालिमा सहभागी भएकाहरुले ५ हजार रुपैयाँ शुल्क बुझाएर लाइसेन्स दिन सक्ने छन् ।

अन्य पेशामा आवद्ध भएर पनि पार्ट टाइमको रुपमा काम गर्न सकिने भएकाले यस पेसमा आकर्षण बढेको हो । हाल ७ सय हारारहीमा सर्भेयरहरु रहेका छन् । तर सक्रिय सर्भेयरको संख्या भने एक डेड सय मात्रै छन् । बीमा कम्पनीहरुले सर्भेयरको अभावले गर्दा दाबी भुक्तानीको क्षति मूल्याङ्कनमा समस्या भएको भन्दै गुनासो गर्दै आएका थिए ।

कुनै बीमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तिमा दश वर्षसम्म बीमा व्यवसाय सँग सम्बन्धित काम गरेका, इन्जीनियरिङ विषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेका, अन्तर्राष्ट्रिय स्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तीर्ण गरेका नेपाली नागरिक सर्भेयर बन्न योग्य हुन्छन् । योग्यता पुगेका आवेदकले बीमा समितिले सञ्चालन गरेको ६ दिने आधारभुत तालिममा समभागी भए पछि मात्रै लाइसेन्स प्राप्त गर्छन् ।

यसरी सर्भेयरको लाइसेन्स लिए पनि काम पाउने वा नपाउने ग्यारेन्टी भने हुँदैन । हरेक निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको सुरुमा सर्भेयरको सूचि बनाउने गरेका छन् । उनिहरुले सुरुवमा बनाउने सूचिमा पर्न सक्नु पर्छ । यसरी सूचिमा परेपछि पनि काम पाइन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । बीमा गरिएको सम्पत्तीको क्षति भए पछि उक्त क्षेतिको मूल्याङ्कनका लागि कम्पनीले सम्पर्क गर्छन् । कम्पनीले उक्त क्षतिको मूल्याङ्न गरे बापत पारिश्रमिक दिने गरेका छन् । कम्पनीले पोत्याएका तथा नियमित सम्पर्कमा रहेका सर्भेयरले भने राम्रो पैसा कमाउने गरेका छन् । प्रायः सर्भेयर काठमाडौं भित्रै रहने भएकाले उपत्यका बाहिरको दुर्घटनाका क्रममा भने सर्भेयरको अभाव हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS