IME Life New

३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा लगानी जुटाउन समस्या भयोः अध्यक्ष कार्की

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाको आइपीओ नेपाल धितोपत्र बोर्ड (सेबोन)मा रोकिएको बताएका छन्।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष कार्कीले यस्तो बताएका हुन्। उनले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए। ‘विगत १४ महिनाभन्दा बढी समयदेखि ३० भन्दा बढी आयोजनाहरुको आइपीओ सेबोनमा रोकिएको छ’, उनले भने, ‘जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आइपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौँ। आइपीओबाट पनि आउन सकेन र इक्विटी हालेर पनि आयोजनाहरु अगाडि लैजान सकिएको छैन।’

Esewa
Crest

कार्कीले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आइपीओबाट संकलन गर्ने योजना बनाए पनि आइपीओ रोकिँदा आयोजना आयोजनाहरु समस्यामा परेको बताएका हुन्। उनले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिब ४५ लाख बढी नेपालीहरुले जलविद्युतको शेयरमा लगानी गरेको बताए। उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए।

कार्कीले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भए पनि पछिल्लो समय धेरै समस्याहरु आइरहेको पनि कार्कीले बताए। विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने उल्लेख गर्दै उनले विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS