IME Life New

२९ हाईड्रोपावर मध्ये १२ को बजार मूल्य एक सय मुनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाली लगानीकर्ताहरुले आइपिओको शेयर प्राप्त गर्नु निकै ठुलो सफलताको रुपमा लिने गरेता पनि जलविधुत कम्पनीहरुको आईपिओमा भने केही समययता लगानीकर्ताहरूको त्यति चासो देखिएको पाईदैन। दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको बजार मूल्यनै यसको प्रमुख कारण रहेको छ।

अहिले २९ हाइड्रोपावर मध्य करिब ४१ प्रतिशत हाइड्रोपावरको शेयर मूल्य १०० रुपैयाँ भन्दा मुनि छ। लगानीकर्ताले प्रति कित्ता एक सय  रुपैयाँमा आइपिओ हालेको र करिब ४१ प्रतिशत हाइड्रोपावरको दोश्रो बजारमा प्रति कित्ता मूल्य  एक सय रुपैयाँ भन्दा  मुनि आउनुले पनि लगानीकर्ताको चासो दिन प्रति दिन घट्दै छ।

Esewa
Crest

२९ हाइड्रोपावरको औसत बजार मूल्य १५३ रुपैयाँ मात्र छ। प्रति कित्ता २०० रुपैयाँ भन्दा माथि ४  हाईड्रोपावर मात्र छन्। २०० रुपैयाँ माथि सानिमामाई हाइड्रो, अपर तामाकोसी, बुटवल पावर र चिलिमे हाइड्रो रहेको छ। ४ हाइड्रोपावर भन्दा बाहेक सबै हाइड्रोपावरको  बजार मूल्य २०० रुपैयाँ भन्दा मुनि छ।

१०० रुपैया भन्दा मुनी बजार मूल्य भएका हाईड्रोपावर कम्पनी:

१०० रुपैया भन्दा माथि बजार मूल्य भएका हाईड्रोपावर कम्पनी:

नोट: जेष्ठ १६ गतेको बजार मूल्यको आधारमा 

सबै भन्दा थोरै बजार मूल्य दिब्यश्वरि हाइड्रोको प्रति कित्ता ६८ रुपैयाँ छ भने सबै भन्दा धेरै बजार मूल्य चिलिमे हाइड्रोपावरको प्रति कित्ता ५३२ रुपैयाँ छ।

दोस्रो बजारमा हाइड्रोपावरको मूल्य सन्तुलन हुन नसक्दा प्राथमिक बजारमा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS