IME Life New

२५० रुपैयाँ तिरेर पनि गर्न सकिन्छ कृषि बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


 रिना खत्री
यदि तपाई कृषक हो भने थाहा पाई राख्नुहोस न्यूनत्तम २५० रुपैयाँ भुक्तानी गरेर तपाई आफनो १ लाख रुपैयाँसम्मको सम्पतिको बीमा गर्न सक्नुहुन्छ । नेपाल सरकारले नेपालमो कृषि क्षेत्रको दिगो विकास व्यवसायिकरणका लागी कृषि बीमा सुरु गरेको हो । जसमा थोरै बीमाशुल्क भुक्तानी गरेर अधिकत्तम एक बर्षसम्मको लागी तपाई आफनो कृषि, पशुपन्छीको बीमा गर्न सक्नुहुन्छ । सरकारले यसमा ७५ प्रतिशत अनुदान पनि उपलब्ध गराएको छ जसको कारण तपाईले थोरै पैसा भुक्तानी गरेर ठूलो सम्पतिको सुरक्षा गर्न सक्नुहुन्छ ।

बीमा समितिले हाल बाली बीमा अन्र्तगत तरकारी, अन्नबाली, मसला, फलफुल, अन्य बिमा योजना जारी गरिसकेको छ । त्यस्तै, पशुपन्छी बीमा अन्र्तगत अष्ट्रिच र कुखुराको बीमालेख जारी गरिसकेको छ ।

Esewa
Crest

तरकारी बीमालेख अन्र्तगत उत्पादनमा आधारित र लागतमा आधारित (आलु, च्याउ आदि) को बीमा गर्न सकिन्छ । अन्नबाली अन्र्तगत चैते धान, अन्न बिउ बाली बीमालेख कम्पनीहरुले सञ्चालन गर्दै आएका छन् । त्यस्तै, मसला अन्र्तगत अदुवा र बेसार, फलफुल अन्र्तगत स्याउ (मौसमी सुचांकमा आधारित), केरा, उखु साथै मोरी माछा, पोखरी पनि बीमा गर्न सकिन्छ । बहु बर्षीय बाली अन्र्तगत अलैची बीमा पनि कम्पनीले गर्दै आएका छन् ।

कृषि बीमा खरिद गर्दा बीमाशुल्क अधिकत्तम ८ प्रतिशत र न्यूनत्तम १ प्रतिशत बीमाशुल्क भुक्तानी गरेर पनि बीमा गर्न सकिन्छ । उक्त बीमाशुल्कमा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क स्याउ बीमाको ८ प्रतिशत रहेको छ । त्यसैगरी माछा पोखरीको बीमा गर्दा बिमांक रकमको १ प्रतिशत भुक्तानी गरेर पनि बीमा गर्न सकिन्छ ।

सरकारले नेपालको कृषि क्षेत्रको व्यवसायिकरणको लागी कृषि बीमा कार्यक्रम सञ्चालन गरेको हो । विगत छ बर्ष देखि निर्जीवन बीमा कम्पनीहरुले कषि बीमा सञ्चालन गर्दै आएका छन् । यद्यपी बीमा लक्षित वर्गसम्म भने पुग्न सकेको छैन । कृषकहरुमा पर्याप्तमा बीमा सम्बन्धी जानकारी नहुदा कृषि बीमाको पहुँच पुग्न नसकेको विज्ञहरु बताउँछन् । त्यस्तै, नेपालको भौगोलिक विकटता र कुशल प्राविधिको अभाव कारण पनि कृषि बीमा सबै कृषकहरु समेटिन नसकेको बीमा समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS