IME Life New

१२ वर्षपछि मृत्यु दर तालिका परिमार्जन गर्न पुनः तात्यो बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमितको झण्डै १२ वर्षपछि मृत्युदर तालिका अध्यावधिक गर्ने तयारी थालेको छ । २०६६ सालमा पहिलो पटक जारी गरिएको बीमितको मृत्यु दर तालिका लाई अध्यावधिक गर्नको लागी समितिले शुक्रबार सबै जीवन बीमा कम्पनीका पूनर्बीमा र अण्डरराइटिङ विभाग प्रमुखसँग अन्तरकृया गरेको छ ।

ललितपुरस्थित होटल ग्रिनवीच भिलेजमा आयोजित कार्यक्रममा समितिको तर्फबाट बीमांकीले मृत्यु दर तालिकाबारे जानकारी दिएका थिए । साथै बीमा जोखिम र बीमाशुल्क निर्धारणमा मृत्युदर तालिकाको प्रयोग सम्बन्धमा पनि जानकारी दिइएको छ । कार्यक्रममा बीमा समितिको निर्देशक पूजन ढुंगेलले मृत्युदर तालिका परिमार्जनको लागी तयारीस्वरुप छलफल गरिएको जानकारी दिएकी छिन् ।

Esewa
Crest

समितिले यसअघि २०७५ फागुनमै पनि जीवन बीमा कम्पनीहरुसँग मृत्यु दर तालिका अध्यावधिक गर्नको १९ वटै जीवन बीमा कम्पनीहरुसँग सन् २००९ देखि २०१९ सम्म पुरा १० वर्षको तथ्यांक मागेको थियो । बीमा कम्पनीहरुसँग समितिले मृत्यु दाबीको उमेर, लिङ्ग, मृत्युको कारण, बीमाको किसिमलगायत विस्तृत विवरण मागे पनि मृत्युदर तालिका बनाउने काम भएन ।

नेपाली बीमितको मृत्यु दर तालिका २०६६ लागू हुनुपूर्र्व नेपाली जीवन बीमा कम्पनीले भारत वा अन्य मुलुकको मृत्युदर तालिका प्रयोग हुँदै आएको थियो । मृत्युदर तालिकाको आधारमा कुनै निश्चित उमेरमा बीमितको मृत्यु हुने संभावना आंकलन गरिन्छ ।

पूनर्बीमा कम्पनीले जीवन बीमा कम्पनीसँग जोखिम बहन सम्बन्धमा कुनै सम्झौता गर्दा सम्बन्धित देशको मृत्यु दर तालिकालाई पनि प्राथमिकताका साथ जोखिम मूल्यांकनमा समावेश गरेको हुन्छ । साथै बीमक वा बिमांकीले बीमाशुल्क दर निर्धारणको लागि बीमितको मृत्युदर तालिकालाई समेत मुख्य आधारको रुपमा प्रयोग गर्छन् । मृत्यु दर तालिकामा जन्मदेखि ९९ वर्षको उमेरसम्म प्रत्येक उमेरको बीमितको मृत्यु हुने संभावनालाई समेटिएको हुन्छ ।

मृत्युदर तालिकामा कुनै निश्चित उमेरको प्रति हजार जना बीमितमध्ये मृत्यु हुनेको संभावित संख्यालाई आंकलन गरिएको हुन्छ । मानिसको उमेर बढ्दै जाँदा प्राकृतिक कारण, रोग वा दुर्घटना, पेशागत जोखिमको कारण मृत्युको जोखिम समेत बढ्दै जान्छ । त्यसैले धेरै उमेर हुनेको बीमाशुल्क पनि अन्यको तुलनामा महँगो हुन्छ ।

मृत्युदरलाई बीमितको उमेर, लिङ्ग, भूगोल, पेशागत पृष्ठभूमी, शैक्षिक योग्यता, समुदाय विशेषको वंशानुगत स्वास्थ्यस्थिति, मद्यपान, धुम्रपानको लत, शारीरिक वजनलगायतको आधारमा वर्गिकरण गरिएको हुन्छ । सामान्य सेवा वा व्यवसायमा संलग्न बीमितको तुलनामा हवाई उडान गर्ने पाइलट सुरक्षाकर्मी, युद्धमा खटिने सैनिकलगायतको जोखिमपूर्ण पेशामा संलग्न बीमितको मृत्युको संभावना उच्च हुन्छ । मृत्यु दर तालिकाले मृत्युदर बाहेक कुनै निश्चित उमेरको व्यक्तिको बाँकी आयुलाई समेत प्रक्षेपण गर्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS