IME Life New

१६ निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३२ अर्ब माथि, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १६ बीमा कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ३२ अर्ब भन्दा माथि देखिएको हो ।

गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै ५ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ । दोस्रो स्थानमा रहेको सगरमाथाले तीन अर्ब १० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ भने तेस्रो स्थानमा नेको रहेको छ । यस अवधिमा नेकोले २ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ । चौथो नम्बरमा सिद्धार्थ रहेको छ । सिद्धार्थले २ अर्ब ६१ करोड रुपैयाँ आर्जन गर्दा पाँचौ नम्बरमा रहेको एनएलजीले दुई अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

एभरेष्टलाई मर्ज गरेको हिमालयन भने छैठो नम्बरमा रहेको छ । उनिहरुले साउन एक गतेदेखि संयुक्त कारोबार गरिसकेका छन् । यो तथ्याङ्क असार मसान्तसम्मको भएको हुँदा छुट्टा छुट्टै देखाइएको छ । यस अवधिमा हिमालयनलको दुई अर्ब छ करोड र एभरेष्टको एक अर्ब २२ करोड जोड्ने हो भने तीन अर्ब २८ करोड रुपैयाँ हुन्छ । मर्जर पछि यो कम्पनी कुल बीमा शुल्क आर्जन तर्फ दोस्रो नम्बरमा परेको छ ।

अन्य बीमा कम्पनीहरुको क्रमश आइएमई जनरलले एक अर्ब ७७ करोड, लुम्बिनी जनरलको एक अर्ब ५८ करोड, युनाइटेडको एक अर्ब ५४ करोड, दि ओरियण्टल एक अर्ब ४४ करोड, प्रभु इन्स्योरेन्सको एक अर्ब ३५ करोड, प्रुडेन्सियल एक अर्ब ३३ करोड, सानिमा जनरलको एक अर्ब ४ करोड र जनरल इन्सयोरेन्स कम्पनीको ९० करोड रुपैयाँ रहेको छ ।

राष्ट्रिय बीमा संस्थान, अजोड इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीले तथ्याङ्क उपलब्ध गराएका छैनन् । अझै चार वटा कम्पनीको तथ्याङ्क आउन बाँकी रहेकाले निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS