IME Life New

१२ सूचकमा राष्ट्रियस्तरका ८ विकास बैंकलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म राष्ट्रियस्तरका विकास बैंकहरुले साढे २ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

आज प्रकाशित वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म ८ वटा विकास बैंकले कुल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।गत आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुले २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १४.७८ प्रतिशतले बढेको छ।

Esewa
Crest

सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ भने पुछारमा लुम्बिनी विकास बैंक रहेको छ। यी ८ वटा विकास बैंकलाई १२ सूचकमा दाँजेर हेर्दा मुक्तिनाथ ७ वटा सूचकमा अगाडि रहेको छ भने गरिमा ४ वटा सूचकमा अब्बल देखिएको छ। एउटा सूचकमा भने लुम्बिनी विकास बैंक अगाडि रहेको छ।

पुससम्म गरिमाले ५४ करोड ९२ लाख रुपैयाँ नाफा कमाउँदा मुक्तिनाथले ५० करोड ३१ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा शाइन रेसुंगा ३३ करोड ८ लाख रुपैयाँ नाफाका साथ रहेको छ।

मुक्तिनाथ वितरणयोग्य मुनाफा, खुद ब्याज आम्दानी, कम खराब कर्जा, चुक्तापुँजी, रिजर्भ, निक्षेप संकलन र कर्जा प्रवाहमा अगाडि रहेको छ। मुक्तिनाथ वितरणयोग्य मुनाफा ५४ करोड २८ लाख रुपैयाँ, खुद ब्याज आम्दानी २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ, खराब कर्जा ३.९८ प्रतिशत, चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ, रिजर्भ ३ अर्ब ३५ करोड २९ लाख रुपैयाँ, निक्षेप संकलन १ खर्ब १२ अर्ब ६० करोड ९९ लाख रुपैयाँ र कर्जा लगानी ९५ अर्ब ६३ करोड ५९ लाख रुपैयाँ रहेको छ।

गरिमा नाफासँगै सञ्चालन मुनाफा र पीई रेसियोमा पनि अब्बल देखिएको छ। गरिमाको सञ्चालन मुनाफा ७८ करोड ५० लाख रुपैयाँ र पीई रेसियो २०.११ गुणा रहेको छ।

लुम्बिनी विकास बैंकको प्रतिशेयर नेटवर्थमा अगाडि रहेको छ। यसको प्रतिशेयर नेटवर्थ १८१.३९ रुपैयाँ रहेको छ।

टेबलमा हेरौँ राष्ट्रियस्तरका विकास बैंकहरुको सूचक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS