IME Life New

१२ सूचकमा राष्ट्रियस्तरका विकास बैंकहरुलाई दाँजेर हेर्दा (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले प्रथम त्रैमासमा १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। नाफा आर्जनको हिसाबले मुक्तिनाथ अग्रस्थानमा रहेको छ। यो बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ।

Esewa
Crest

दोस्रोमा शाइन रेसुंगा रहेको छ। यो बैंकले २३ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। प्रथम त्रैमासमा २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गर्दै गरिमा तेस्रो स्थानमा रहेको छ।

यसैगरी लुम्बिनीले २० करोड १९ लाख रुपैयाँ, कामना सेवाले १७ करोड ४९ लाख रुपैयाँ, ज्योतिले १५ करोड ११ लाख रुपैयाँ, महालक्ष्मीले ९ करोड ४२ लाख रुपैयाँ र सांग्रिलाले ६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

राष्ट्रियस्तरका विकास बैंकहरुलाई १२ वटा सूचकमा दाँजेर हेर्दा ८ वटामा मुक्तिनाथ अब्बल देखिएको छ भने ३ वटामा लुम्बिनी र एउटामा गरिमा विकास बैंक अगाडि देखिएको छ।

मुक्तिनाथ नाफा, सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी, चुक्तापुँजी, रिजर्भ, निक्षेप र कर्जा लगानीमा अगाडि रहेको छ। यो बैंकको खराब कर्जा पनि विकास बैंकहरुमध्ये सबैभन्दा कम ३.१६ प्रतिशत देखिएको छ। खराब कर्जा सबैभन्दा बढी ज्योतिको ४.९८ प्रतिशत रहेको छ।

यसैगरी लुम्बिनी प्रतिशेयर आम्दानी (ईपीएस), पीई रेसियो र प्रतिशेयर नेटवर्थमा अगाडि रहेको छ। लुम्बिनीको पीई रेसियो सबैभन्दा कम २१.८१ गुणा रहेको छ। विकास बैंकहरुमा सबैभन्दा बढी ईपीएस लुम्बिनीको २२.९७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९६.७९ रुपैयाँ रहेको छ।

विकास बैंकहरुमा वितरणयोग्य मुनाफा गरिमाको सबैभन्दा बढी रहेको छ। यो बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ४४ लाख रुपैयाँ रहेको छ। ज्योतिको वितरणयोग्य मुनाफा २९ करोड ९१ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

(नोटः नाफा, वितरणयोग्य मुनाफा, सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी, चुक्तापुँजी, रिजर्भ, निक्षेप र कर्जाको तथ्यांक हजारमा)

हेरौँ टेबलमा कुन विकास बैंकको सूचक कस्तो ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS