IME Life New

ह्वाट्सएपले ल्यायो गज्जबको फिचर, झुटा कुरा सहजै पत्ता लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा एउटा गज्जबको फिचर ल्याएको छ। यो फिचरको मद्दतले प्रयोगकर्ताको इन्स्ट्यान्ट मेसेजिङ एपमै गुगल सर्चको फिचर प्रयोग गर्न सक्नेछन्। मेटाको यो एप प्रयोगकर्ताले प्राप्त गरेको इमेजको एपमा सर्च गर्न सक्नेछन्।

ह्वाट्सएपले अहिले यो फिचर बिटा भर्जनमा जारी गरेको छ। यसको पहुँच थुप्रै बिटा प्रयोगकर्तालाई दिइएको छ। नयाँ फिचरका बारेमा डब्ल्यूएबिटाइन्फोले दिएको हो। सबै परीक्षण पूरा भएपछि यो फिचरलाई स्टेबल भर्जनमा जारी गरिनेछ।

Esewa
Crest

फिचरको नाम के हो ?

यो फिचरको नाम सर्च इमेज अन दि वेब दिइएको छ। यो फिचर ह्वाट्सएप बिटा एन्ड्रोइड २.२४.२३.२३ मा आएको छ। यो फिचरको मद्दतले प्रयोगकर्ताले प्राप्त गरेको इमेज तत्काल एपबाटै गुगल सर्चमा गएर सर्च गर्न सक्छन् र त्यो इमेजको वास्तविकता परीक्षण गर्न सक्छन्।

कसरी गर्छ यो फिचरले काम ?

ह्वाट्सएपमा आउने इमेजलाई सीधै गुगलमा सर्च गर्न सकिन्छ। यसका लागि त्यो फोटो च्याटमा खोल्नुपर्नेछ। त्यसपछि टप राइटमा दिइएको ३ डटमा क्लिक गर्नुपर्छ।

ह्वाट्सएपमा नयाँ अप्सन खुला हुन्छ। जसमा सर्च अन वेबको अप्सन देख्न सकिनेछ। त्यसपछि सर्च गर्न कन्फर्म गरिन्छ। त्यसमा क्लिक गर्नुपर्छ।

ह्वाट्सएपमा आउँदैछन् अन्य फिचर

ह्वाट्सएपमा छिट्टै कस्टम लिस्ट फिचर पनि आउँदैछ। यो फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नो फेभरेट कन्ट्याक्ट र ग्रुपको एउटा लिस्ट तयार गर्न सक्छन्। यो छिट्टै रोलआउट हुँदैछ। त्यसपछि एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले यो फिचर पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS