IME Life New

ह्वाट्सएपले ल्यायो गज्जबको नयाँ फिचर, अब साइबर ठगीबाट बच्न सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले एउटा नयाँ फिचरको घोषणा गरेको छ। जसले प्रयोगकर्ताहरुका लागि सुरक्षागार्डका रुपमा काम गर्नेछ। यो नयाँ फिचरले प्रयोगकर्ताहरुलाई अज्ञात र खतरनाक ह्वाट्सएप ग्रुपहरुबाट टाढा राख्न मद्दत गर्नेछ।

साइबर ठगीका धेरै घटना प्रकाशमा आएका छन्। जहाँ पीडितलाई पहिले ह्वाट्सएप ग्रुपमा समावेश गरिन्छ र अन्तमा उसको बैंक खाताबाट लाखौँ रुपैयाँ निकालिन्छ। यस्तो ठगीबाट निर्दोष मानिसलाई जोगाउन यो फिचर समावेश गरिएको हो।

Esewa
Crest

नयाँ फिचरपछि ह्वाट्सएप ग्रुपमा कुनै पनि नयाँ प्रयोगकर्ता थप्नुअघि केही जानकारी शेअर गर्नुपर्नेछ। ह्वाट्सएप च्यानलहरुले शेअर गरेको पोस्टमा यो भनिएको छ कि ग्रुपमा सामेल हुने प्रयोगकर्ताहरुले केही महत्वपूर्ण जानकारी प्रदान गर्नुपर्नेछ।

अज्ञात प्रयोगकर्तालाई कसले थपिरहेको छ, ग्रुप कहिले क्रिएट गरिएको थियो र ग्रुपका बारेमा विवरणहरु बताउनुपर्नेछ। यस्तो अवस्थामा आमप्रयोगकर्ताले आफूलाई सुरक्षित राख्न सक्नेछन् । तर, यसका लागि पहिले प्रयोगकर्ताले ग्रुप प्राइभेसी सेटिङ एक्टिभ गर्नुपर्नेछ।

ह्वाट्सएपको एफएक्यू पेजमा भनिएको छ कि जब कसैले तपाइँलाई ह्वाट्सएप ग्रुपमा थप्छ, कम्पनीले तपाइँलाई थप्नुअघि भरिएको जानकारी देखाउनेछ। यसपछि प्रयोगकर्ताले त्यो ग्रुप सुरक्षित छ वा छैन भन्ने निर्णय आफैँले गर्न सक्छन्। त्यसपछि उनीहरु यस ग्रुपमा रहन सक्छन् वा आफूलाई हटाउन सक्छन्।

ह्वाट्सएपको यो फिचर रोलआउट भएको छ। केही प्रयोगकर्ताले यो फिचर पाएका छन्, जब कि आगामी दिनमा यो फिचर सबैको पहुँचमा हुनेछ। यसका लागि प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर ह्वाट्सएप अपडेट गर्न सक्नेछन्। ह्वाट्सएप एक लोकप्रिय मेसेजिङ एप हो र विश्वभर यसका करोडौँ प्रयोगकर्ताहरु छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS