IME Life New

ह्वाट्सएपले थप्यो ‘च्याट फिल्टर’ फिचर, प्रयोगकर्ताले कस्तो पाउनेछन् सुविधा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा लगातार नयाँ फिचर थपिरहेको छ। कम्पनीले भर्खरै एन्ड्रोइड प्रयोगकर्ताका लागि यूआईलाई पुनः डिजाइन गरेको छ। हालै ह्वाट्सएपमा नयाँ सर्च बार र मेटा एआई फिचर पनि आएको छ। यद्यपि मेटा एआईको सुविधा अझै सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन।

अब ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा अर्को नयाँ फिचर थपेको छ। यो फिचर ‘च्याट फिल्टर’को हो। मेटाको इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्मले यस फिचरका बारेमा जानकारी दिने ब्लग पोस्ट जारी गरेको छ।

Esewa
Crest

ह्वाट्सएप च्याट फिल्टर के हो ?

मेटाका सीईओ मार्क जुकरबर्गले च्याट फिल्टर फिचरको सुरुआत भएको जानकारी दिएका छन्। यो सुविधापछि प्रयोगकर्ताले सबै म्यासेज सजिलै फिल्टर गर्न सक्नेछन्। यो सुविधाका कारण च्याट खोल्न लाग्ने समय कम हुनेछ। कम्पनीले प्रयोगकर्तालाई विभिन्न च्याटहरु फिल्टर गर्ने अप्सन दिइरहेको छ।

यो फिचर जारी गर्नुको कारण भनेको प्रयोगकतालाई विभिन्न ह्वाट्सएप च्याट पहुँच गर्न सजिलो बनाउनु हो। अहिलेसम्म प्रयोगकर्ताले कुनै पनि ह्वाट्सएप ग्रुपमा च्याटहरु स्क्रोल गर्नुपर्थ्योे र नपढिएको म्यासेजका लागि इनबक्समा जानुपथ्र्यो। अब प्रयोगकर्ताले यसका लागि फिल्टरहरु प्राप्त गर्नेछन्। यसले गर्दा प्रयोगकर्ताले एकैठाउँमा ग्रुप च्याट हेर्न सक्नेछन्।

ह्वाट्सएपले तीन फिल्टर प्रस्तुत गरेको छ ता कि प्रयोगकर्ता सही कन्भर्सेसनमा पहुँच गर्न सकून्। सबैभन्दा पहिले प्रयोगकर्ताले आईओएस वा एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप खोल्नुपर्छ। यो सुनिश्चित गर्नुपर्छ कि ह्वाट्सएप अपडेट गरिएको छ। अब प्रयोगकर्ताले टपमा दिइएको तीनवटा फिल्टरमा क्लिक गर्नुपर्नेछ।

टपमा प्रयोगकर्ताले अल, अनरिड र ग्रुप्स अप्सन पाउनेछन्। प्रयोगकर्ताले सबै फिल्टरमा सबै च्याट देख्न सक्नेछन्। ग्रुप फिल्टर प्रयोग गरेर प्रयोगकर्ताले सबै ग्रुप देख्न सक्नेछन्। त्यसैगरी यदि प्रयोगकर्ताले अनरिड च्याटहरुको फिल्टर चयन गरेमा नपढेका सबै च्याट देखिनेछन्। त्यहाँ पढिएका च्याट देखिने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS