IME Life New

ह्वाट्सएपमा आउँदैछ गज्जबको नयाँ फिचर, ब्लुटुथबाट जस्तै फाइल पठाउन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपको लोकप्रियता कसैबाट लुकेको छैन। अब यो प्लेटफर्ममा एक उत्कृष्ट सुविधा थपिनेछ। यसको मद्दतले प्रयोगकर्ताहरुले सजिलै फाइलहरु स्थानान्तरण गर्न सक्नेछन्। यसले ठ्याक्कै ब्लुटुथ ट्रान्सफरजस्तै काम गर्नेछ।

इन्स्ट्यान्ट मेसेजिङ एपमा प्रयोगकर्ताले ठूला फाइलहरु सजिलै ट्रान्सफर गर्न सक्नेछन्। यो विधि पहिलेको भन्दा अब सजिलो हुनेछ। यसका लागि कम्पनीले नयाँ फाइल ट्रान्सफर फिचर ल्याइरहेको छ । ह्वाट्सएपको आगामी फिचर ट्रयाक गर्ने वेबसाइट वेबबिटइन्फोले यस फिचरबारे जानकारी दिएको हो।

Esewa
Crest

ह्वाट्सएपको यो सुविधाको मद्दतले प्रयोगकर्ताले आफ्ना फाइलहरु नजिकका मानिसहरुसँग साझेदारी गर्न सक्नेछन्। यसका लागि एपमा नयाँ विकल्प उपलब्ध हुनेछ। जुन वास्तवमा पिपुल नियरबाईको अप्सन हुनेछ।

एकपटक रोल आउट भएपछि यो सुविधाको मद्दतले प्रयोगकर्ताले सजिलैसँग आफ्ना फाइलहरु शेयर गर्न सक्नेछन्। यसका लागि प्रयोगकर्ताले केवल एउटा विकल्पमा क्लिक गर्नुपर्नेछ। त्यसपछि तिनीहरु नजिकका डिभाइसहरुसँग डाटा शेयर गर्न सक्नेछन्। अहिले यो सुविधा परीक्षण चरणमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS