IME Life New

हिमालयन हाइड्रो एक्स्पो आजदेखि सुरु, मेलामा १ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


स्वतन्त्रउर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा( आज) शुक्रबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्ने भएको छ ।

एक्स्पोमा सहभागि हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल बुकिगं गरेका छन् ।जलविद्युतक्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमानगरिएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसनप्रा. लि. ले गर्ने छ ।एक्स्पोमा जलविद्युतप्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथावीमालगायतजलविद्युतमानयाँप्रविधि र निर्माणसँग सम्बन्धितविविध क्षेत्रको सहभागिता रहने छ ।

Esewa
Crest

नेपाल इण्डिया चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिज, नेपालजर्मन चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रीज, युरोपियनइकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी,टनेलिंगएशोसिएसनअफ नेपाल, इनर्जी नेपालम्यागेजिन, टनेलिंगप्रोशेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बीफोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिंग, एबिबि इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेकबुल्गेरियातथाचगंक्विगं वाटर एण्ड टर्वाइनवक्र्स कम्पनी लिमिटेड एक्स्पोका मोर्कटिंग पार्टनर रहेका छन् ।नीजिक्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समुहअन्तरगतको इन्टरनेशनलफाइनान्स कर्पोरेशन (आईएफसि) ले सहप्रायोजन गरेको छ । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपालशिपिंग एण्ड एयर लजिष्टिक प्रालिएक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।

चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरियातथा बेलायतलगायतमुलुककाजलविद्युत क्षेत्रसँग सम्बन्धितकम्पनीहरु एक्स्पोमा सहभागिहुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिकनिर्माण उपकरण, टनेलिंगउपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबाकर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् ।

यसका अलावा विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनीएक्स्पोका मुख्यविधागत क्षेत्र रहेका छन।
यसै गरी एक्स्पोमा सहभागी भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टर मार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमानिर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
युवा पुस्तालाई लक्षितगरि हाइड्रोपावर क्षेत्रमा अभिरुचीभएकालाई प्रोत्साहितगर्न हाइड्रो सम्बन्धी विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना पनि गरिने आयोजकले जनाएको छ । हाइड्रोपावर सम्बन्धिउत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्र्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोैेट गरी पुरस्कार समेत प्रदानगरिने छ । यसै गरि एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार बितरण गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS